रुसी सेनामा रहेका ३४ नेपालीले ज्यान गुमाए, युक्रेनमा ६ जना बन्दी
काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि निरन्तर कूटनीतिक पहल भइरहेको जानकारी दिएकी छिन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिइन् । उनले रुसी सेनामा रहेका अन्य नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताइन् ।
युक्रेन–रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको उनले जानकारी दिइन् । मन्त्री राणाले बेपत्ता भएका विपिन जोशीको सम्बन्धमा उद्धारका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको बताइन् ।
उनले बंगलादेशको हिंसाका कारण समस्यामा परेका नेपालीहरूलाई समयमा नै उद्धार गर्न सफल भएको धारणा राखिन् । हालसम्म बंगलादेशबाट करिब १७ सय नेपाली विद्यार्थीहरू फर्किसकेको उनको भनाइ छ ।
त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिँदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा राखिन् ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया