प्रधानमन्त्री ओलीले लिए विमान दुर्घटनाबारे गृहमन्त्री र पर्यटनमन्त्रीसँग ब्रिफिङ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी लिएका छन् ।
बुधबार विमान दुर्घटना भएपछि घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका थिए । दुर्घटना स्थलको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर आवश्यक ब्रिफिङ लिएका थिए ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बिहान दुर्घटनामा परेको थियो । सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाको निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

प्रतिक्रिया