शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो

फाइल फाेटाे

काठमाडौँ - प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ ।

संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको छ ।

प्रधानलाई गत असार २ गते संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।