बागमतीका नवनियुक्त मुख्यमन्त्री लामासहित नाै मन्त्रीले लिए शपथ

हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद्मा नियुक्त मन्त्रीहरूलाईसमेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए ।
नवनियुक्त मन्त्रीहरूमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छीमन्त्री, किशोर सिलवाल वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधारमन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गराएका थिए ।

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

प्रतिक्रिया