बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ- बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको छ । ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विद्यार्थीहरूलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।
बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सयभन्दा बढीको ज्यानसमेत गएको छ ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया