लागूऔषध सेवन गरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौँ- लागूऔषध सेवन गरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
भूपेन्द्र श्रेष्ठले लागूऔषध प्रयोग गरी लापरबाहीपूर्ण चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दायाँ ‘साइड’को सडक पेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदल यात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।
श्रेष्ठको साथबाट लागूऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौँ बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र काठमाडौँ बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन् ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया