महिला एशिया कप : भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ- जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।
भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।
त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ ।
भारतविरुद्धको नेपाली प्लेइङ ११:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, सबनम राई र काजल श्रेष्ठ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया