गृहमन्त्री लेखकले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिँदै भने - 'अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुस्

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका हुन् ।
'तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,' उनले भने, 'त्यो भाव र भावनाका साथ काम गर्नुस् ।'
देशभन्दा बाहिर जाने मानिसकहरूलाई पनि बिदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । 'अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो,' उनले भने, 'गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।'
पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । 'मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,' उनले भने, 'अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।'
गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।
राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । 'संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,' उनले भने, 'कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।'
१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिकंर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।
त्यसैगरी कोरोनापछि नेपाल–भारत नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिकंरमा अध्यागमन कार्यालयको आवश्यकता औंल्याए ।
यसैगरी कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तनिकाय बीच समन्वय हुनुपर्नेमा जोड दिए ।
अध्यागमनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए । गृह, पर्यटन लगायतका निकायबीच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृह सचिव अर्यालको भनाइ थियो ।
यस्तै अध्यागमन विभागका महानिर्देशक केशहरि निरौलाले अध्यागमनले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

रास्वपाले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट …

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

प्रतिक्रिया