अमेरिकामा आयोजित टी-२० विश्वकपमा आईसीसीलाई ठूलो घाटा, छानबिन समिति बनायो

काठमाडौँ- हालै अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा ठूलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिति गठन गरेको छ ।
आईसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन् । न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आईसीसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।
आईसीसीले दिएको जानकारी अनुसारयो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछन् ।
अमेरिकामा भएका खेलहरुमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन् ।
ड्रप-इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आईसीसीको समस्याहरू थपेको थियो । त्यस्तै विश्वकप आयोजनका क्रममा भएका विभिन्न टेन्डरको अवार्डमा पनि आशंका गरिएको छ ।
समितिले आईसीसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ । आईसीसीका प्रतिस्पर्धा प्रमुख क्रिस टेटलीले यसअघि नै राजीनामा दिएका छन् । तर, हरेक वर्ष आयोजना हुने ठूला आईसीसी प्रतियोगिता (पुरुष र महिला) प्रभावित हुने आधिकारिक कारण दिइएको थियो ।

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

प्रतिक्रिया