लालु ल्हासाको 'फोक्सो'

ल्हासा : बौद्ध संस्कृति तथा प्रकृतिमा धनी तिब्बतको सदरमुकाम सहर ल्हासाको बीचमा एउटा राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र अवस्थित छ । यो सहरबस्ती भित्रको विश्वकै सबैभन्दा ठूलो तथा उच्च भागमा अवस्थित सिमसार आरक्षण क्षेत्र पनि हो । समुद्री सतहबाट औसत ३,६४५ मिटरको उचाइमा रहेको यसले ल्हासा सहरको १,२२० हेक्टर क्षेत्रफल ओगटेको छ ।
सिमसार एउटा उत्पादनशील पारिस्थिकीय प्रणाली हो । साथै सिमसारले जल परिचालन तथा शुद्धीकरण प्रकिया चालिरहेको हुन्छ । ल्हासा सहरभित्र अवस्थित यो सिमसार क्षेत्रले ल्हासाको मौसम नियमन गर्दै स्वच्छ बनाउन र बालुवाको संरक्षण गर्दै सुन्दर शहरी वातावरण बनाउन सहयोग गरिरहेको छ । उच्च स्थानमा अवस्थित ल्हासामा आद्रर्ता बढाउन, अक्सिजनको पूर्ति गर्न र पर्यावरणीय सन्तुलन कायम गर्न यसको ठूलो महत्त्व छ । यसैकारण यस लालु राष्ट्रिय प्रकृति आरक्षण क्षेत्रलाई ल्हासाको 'फोक्सो' मानिन्छ ।
तिब्बत स्वायत्त प्रदेशीय सरकारले यस क्षेत्रको संरक्षणका लागि सन् १९९५ मा वृहत् कदम चालेको थियो । सन् १९९९ मा स्थानीय सरकारले लालु सिमसार क्षेत्र प्रकृति आरक्षण क्षेत्रको रूपमा विकास गरेको थियो । साथै सन् २००५ मा केन्द्र सरकारबाट यो राष्ट्रिय आरक्षणको रूपमा सूचिकृत गरिएको छ ।
सम्बन्धित अधिकारीका अनुसार, ल्हासा सहर योजना निर्माणको आरम्भकालदेखि नै स्थानीय सरकारद्वारा यस लालु सिमसार आरक्षण क्षेत्रलाई उच्च महत्त्व दिई उर्वर जमिनलाई कृषि जग्गामा परिवर्तन नगरी पर्यावरणीय र वातावरणीय संरक्षणलाई प्राथमिकता दिइएको थियो । यस क्षेत्रको निर्माण तथा संरक्षण गर्ने क्रममा वरिपरिका खानीहरू बन्द गरेको थियो ।
सन् २००१ देखि यो ल्हासाको फोक्सो यस सिमसार आरक्षण क्षेत्रमा पर्यावरणीय पुनःस्थापनाका लागि १५ करोड चिनियाँ युआनभन्दा बढी लगानी गरिसकेको छ । हाल, यस आरक्षण क्षेत्रलाई मूल, बफर र प्रयोगात्मक क्षेत्र गरी तीन भागमा विभाजन गरिएको छ । यो तेस्रो चरणको परियोजना हो ।
यो लालु सिमसारले स्थानीय तथा प्रवासी जलचरलाई एक उत्कृष्ट वास प्रदान गरेको छ र सहरभित्र ६० भन्दा बढी प्रजातिका असङ्ख्य चराको गुँड बनेको छ । यसै आरक्षण क्षेत्रभित्र सर्वसाधारणलाई खुला गरिएको एउटा पार्क क्षेत्रबाट शानदार पोताला दरबारको पछाडिको भाग पनि देख्न सकिन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया