ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

काठमाडौँ - राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेदवार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।'
ट्रम्पले अगाडि भनेका छन्- 'आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन्। उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौं ।'
८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकूल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया