विपद्मा राजनीतिभन्दा ठूला जनता हुन् : अध्यक्ष दाहाल

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद्मा राजनीति भन्दा ठूलो जनता हुने बताए ।
बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरूको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, “विपद्मा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरिकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्रथामिकता भएको बताए ।
नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न आएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताए । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उनको भनाइ थियो । अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उहाँले नारायणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि बढाउनु पर्ने जानकारी दिए ।
नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उनले बताए । उनले भने, “निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन । ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।” (रासस)

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

प्रतिक्रिया