ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

काठमाडौँ- ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ ।
महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टसहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस् भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ ।’
दमकलको चक्काहरू कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया