सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।
प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको र सबै दलको सहमतिमा मात्र गरिने बताए । उनले संविधानलाई सहभागितामुलक बनाइने पनि जिकिर गरे ।
संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा सुशासन कायम हुने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमाले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने उल्लेख गरे ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया