बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन: अहिलेसम्म ११५ जनाको मृत्यु

काठमाडौँ - बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।
सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।
बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौं मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।
देशमा लागू गरिएको कर्फ्यू शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यू लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
अवस्था अस्थिर बनेपछि बंगलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउँदै छ ।
त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौं नागरिकले बंगलादेश छोड्ने क्रम जारी रहेको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया