प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए- माधव सापकोटा

काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्ने गरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।
आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकिर गरेका छन् ।
उनले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउँदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमिति नै बनाएर अध्ययन गरेको तयार पारेको छ र ८ बुँदामा निर्देशनसमेत दिएको बताए ।
साथै उनले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको बताउँदै उनले विभिन्न समयमा यस बारेमा भएका अध्ययनलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन् ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया