बागमतीमा कांग्रेसका लामा मुख्यमन्त्री बन्दै

काठमाडौँ - बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेस बागमती प्रदेशको बैठकले सर्वसम्मत रुपमा संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेशमा सरकार बनाउने निर्णय गरेको हो ।
केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो ।
यसअघि असार २४ गते नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा छन् र आज विश्वासको मत लिँदै छन् ।
सरकार ढल्ने निश्चित रहेकाले कांग्रेसले मुख्यमन्त्रीमा लामालाई अगाडि सारेको हो ।
११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया