ढाकामा एकै दिन १० जनाको मृत्यु

काठमाडौँ - बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिएको छैन। कर्फ्यूका बाबजुद पनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि छन् ।
ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा २ जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो बीबीसी संवाददाताहरूले ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको देखे।
मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ ।
सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यू घोषणा गरेको थियो । योसँगै देशभर सेना परिचालन गरिएको छ । कर्फ्यू आइतबारसम्म लम्ब्याइएको छ ।
यसबाहेक आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया