मन्त्रालय भागभन्डामा किचलोपछि गण्डकीमा मुख्यमन्त्रीसहित सांसदहरू काठमाडौंमा

पोखरा : मन्त्रालय भागभन्डामा किचलो आएपछि गण्डकी प्रदेशका कांग्रेस सांसदहरू काठमाडौं गएका छन् । मन्त्रालय भागभन्डामा सांसदहरूले अडान नछाडेपछि र दलहरूले ठूला मन्त्रालयमा दाबी नछाडेपछि सांसदहरू काठमाडौं गएका हुन् ।
काठमाडौंमा गएका सांसदहरूको सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेट्ने योजना छ । मन्त्रीका आकांक्षीहरू केन्द्रीय नेता फकाउन काठमाडौं गएको कांग्रेस सांसद विन्दुकुमार थापाले बताए ।
‘मुख्यमन्त्री, मन्त्री लगायत मन्त्री बन्न आकांक्षीहरू काठमाडौं जानुभएको रहेछ,’ थापाले भने । सरकारका प्रवक्ता तथा कांग्रेस सांसद कुमार खड्का भने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र आफूमात्रै काठमाडौं आएको दाबी गरे । ‘प्रदेशको राजनीतिबारे छलफल गर्न मुख्यमन्त्रीज्यू र ममात्र आएका हौं,’ खड्काले भने । तर स्रोतका अनुसार कांग्रेस सांसदहरू मणिभद्र शर्मा कँडेल, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, मेखलाल श्रेष्ठ लगायतका सांसदहरु काठमाडौंमै छन् । सांसद दवाडीले केही सांसदहरू काठमाडौं गएको पुष्टि गरेका छन् । ‘सबै सांसद आएका होइनौं, केही सांसदमात्रै आएका हौं, नेताहरू भेट्छौं,’ उनले भने ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया