ओलीको तानाशाह बन्ने महत्वकांक्षामा अदालतको लगाम : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्ने महत्वाकांक्षामा सर्वोच्चले लगाम लगाइदिएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतको अन्तरिम आदेशपछि सर्वोच्च परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरूले माग दाबी गरे बमोजिम अन्तरिम आदेश आएको बताए ।
‘संविधानको उहाँ(प्रधानमन्त्री ओली)ले पटक-पटक हुर्मत लिँदै आउनु भएको छ,’ उनले भने, ‘संविधानलाई क्षतविक्षेत गर्ने कार्य गर्नु भएको छ । ध्वस्त गर्दै आउनु भएको छ । तर, सर्वोच्च अदालतले आज उहाँको तानाशाही बन्ने, अधिनायकवादी बन्ने महत्वकांक्षामा लगाम लगाइदियो, ध्वस्त गरिदियो ।’

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया