विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

काठमाडौँ- नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।
पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नदीको उच्च बहाव तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया