केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्छ : मुख्यमन्त्री कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् ।
सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइ नसकेको उनले बताए । उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे ।
मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए । उनले प्रदेशमा मन्त्रालयको भागबण्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_IBOc7hBqcp_deuucmlni18xiioxha1zgeaw5vurbsdxg3eocwivmu7si0hfnwy8kqkmliik.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया