शेखर र सुजाता एकै ठाउँमा - दाजुबहिनीले दिए एकताको सन्देश [फोटो/भिडियो]

काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालालाई भेटेपछि हामी तीनै जना मिलेर जाने बताएकी छिन् । उनले त्यहाँ हामी चेली र माइती एक ठाउँमा रहने उद्घोष गर्न समेत भ्याइन् ।
शुक्रबार डा. कोइरालाको विशालनगरमा रहेको कार्यालयमा सुजाता पुगेपछि उनले हामी तीन जना मिलेर जाने र कुनै किसिमको विवाद नभएकाले यहीँ ठाउँमा शशांक आउनुपर्छ र शशांकलाई ल्याउने बताएकी हुन् । डा. शेखरको सचिवालयमा सुजाता आफ्नो कार्यकर्तासहित पुगेकी थिइन् ।
उनी अरुबेला भन्दा फरक मुद्रामा देखिएकी थिइन् । उनले आफ्नो परिवारको विरासत दोर्याइन् । 'यो पार्टीमा हाम्रो बुबा र हजुरबुबाले जुन सपना देख्नु भएको थियो त्यो सपनालाई पूरा गर्नैपर्छ,’ उनले कार्यकर्तालाई हौसलामा रहनका लागि आग्रह गर्दै भनिन्’ 'शेखर दाले त्यो लिडरशिप लिनुभएको छ । त्यो लिडरशिपलाई सबैले सहयोग गर्नुपर्छ । मुलुकलाई एउटा निकास दिनुपर्छ । सबैजना मिल्नुहोस्, झगडा र विवाद नगर्नुहोस् । हामी तीन जना मिलेर जान्छौ ।'
त्यसैगरी, डा. शेखर कोइरालाले सानोबाबु गिरिजा प्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताए । उनले भने,’ पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्ने छ । एकता हामीले गर्यौ भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।‘
हेर्नुहोस् भिडियो

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया