बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

नेपाल आँखा अस्पतालको इाइरेक्टरमा डा. किरण शाक्य नियुक्त

काठमाडौँ-  नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् ।

अस्पतालको सञ्चालक समितिले शाक्यलाई नियुक्त गरेको हो ।

डा. शाक्य विगत लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रोरेटिनल सर्जनका रूपमा कार्यरत थिए । उनी केही समयअघि मात्र ‘सर्जन अफ द इयर’ पुरस्कारबाट सम्मानित भएका थिए ।