संसद् भवनको निर्माण ढिलाइ : सभामुख घिमिरेले गरे मन्त्रीलगायतसँग छलफल (भिडियो)

काठमाडौँ- सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाइबारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरूसँग छलफल गरेका छन् ।
शुक्रबार बिहान सभामुख घिमिरेले संसद् भवन निर्माणको ढिलाइबारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् ।
साउन २ गते सभामुख घिमिरे निर्माणाधीन संसद् भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भइरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
अहिलेसम्म संसद् भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
भिडियो:

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया