'ज्योति हेल्थी स्न्याक्स'ले पायो अवार्ड

काठमाडौँ- नेशनल युथ एग्री इनोभेसन च्यालेन्जमा कृषि क्षेत्रमा योगदान र स्वस्थ खानेकुरा उत्पादन गरेको भन्दै 'ज्योति हेल्थी स्न्याक्स' कम्पनीले अवार्ड पाएको छ ।
युनडिपी, एफओ र युथ इनोभेसन ल्याबले गरेको आयोजनानमा बागमती प्रदेशबाट ज्योति हेल्थी स्न्याक्सले अवार्डबाट सम्मानित भएको हो ।
एक लाख रुपैयाँ नगदसहित उक्त कम्पनीले अवार्ड पाएको हो । कम्पनीका सञ्चालक आकांक्षा जोशी र अनिश रौनियारले एकसाथ अवार्ड ग्रहण गरेका थिए ।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट सत्भा फुड प्रोडक्सन र लुम्बिनी प्रदेशबाट टावरग्रानिक्स नेपाल अवार्डबाट सम्मानित भएका थिए । द नेपाल युथ एग्री इनोभेसनमा च्यालेन्जम सातै प्रदेशबाट २३ वटा स्टार्टअप कम्पनीहरू सहभागी भएका थिए ।
नेपाली युवायुवतीहरूले कृषि क्षेत्रमा गरिरहेको उद्यम सँगसँगै योगदानमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न यो अवार्डले ठूलो टेवा पुर्याएको विश्वास गर्न सकिन्छ ।
नेपालमा पछिल्लो समय ज्योति हेल्थी स्न्याक्सले नेपालमै पहिलोपटक स्वस्थ खाद्य उत्पादन गरिरहेको छ । सबै प्राकृतिक, प्रिजर्भेटिभ ग्रानोला बार, नट बटरहरू जस्तै पिनट बटर, काश्यु (काजू) बटर र आलमोन्ड (बदाम) बटर उत्पादन गर्ने गरेको छ ।
ग्रानोला बार वा न्यूट्रिशन बार नेपाली बजारका लागि एकदमै नयाँ अवधारणा रहेको कम्पनीले बताएको छ ।
र यो पनि
पुनहिल यात्रामा फुरेको नेपाली ब्राण्ड 'स्न्याकअन'
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_kctGjpUlmB_8pbqz8xkohlh1ndqvfmpsypz3vrjw2jl4y0hxcxfulkzq1xhdchp8lospe3r.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया