आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौँ- आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए ।