राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन सकेन : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौँमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा लामिछानेले सरकारमा पुग्ने बित्तिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्तिमा रहने गर्दा त्यसका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका हुन् । राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने हुँदा उनीहरूबाट बन्ने नीतिहरू पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ ।
लामिछानेले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भातृ संगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे । सभापति लामिछानेले दुई ठूला राजनीतिक दलहरूले नै सरकार बनाउँदा राजनीतिक नियुक्तिहरू झन् बढेर जाने र मुलुकको नीतिहरू अस्तव्यस्त हुने आशंका व्यक्त गरे ।
अहिलेको ठूला दलहरूको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनले बताए । लामिछानेले राष्ट्रिय निर्माण र नीति निर्माण गर्ने क्रममा विज्ञहरूको राय सल्लाह आवश्यक रहेकोले नीति मन्थनलाई आवश्यकता अनुसार निरन्तरता दिने जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया