मधेश प्रदेशको सरकार विस्तार हुँदै, कांग्रेसलाई अर्थ दिने सहमति

जनकपुरधाम- मधेश प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो ।
कांग्रेसले अर्थ मन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन । अब नयाँ सहमतिअनुसार कांग्रेसले अर्थ मन्त्रालयसहित कृषि, ऊर्जा र श्रम मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् ।
कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म शपथ लिने बताइएको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया