नेपालमा सुर्ती, गुट्खालगायत कच्चा पदार्थको निर्यात विवरण माग गर्ने समितिको निर्णय
चुरोटमा प्रयोग हुने विभिन्न फ्लेबर, क्याप्सुलजस्ता नशालु पदार्थको आयात, उत्पादन र प्रयोगमा रोक लगाउन निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुट्खा र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुट्खालगायत कच्चा पदार्थको यकिन विवरण समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने विभिन्न फ्लेबर, क्याप्सुल जस्ता नशालु पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ भने सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अब्दुल खानले जानकारी दिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसंगै मन्त्रालयले गरेका कामहरूको विवरण समय–समयमा सार्वजनिक गरिने बताए ।
मन्त्रालयभित्र समस्यामा रहेका विषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुर्याउने उनले प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले उद्योगीहरूको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गरे ।
बैठकमा चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेस गरिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया