यी पाँचबाहेक सबै मन्त्री पदमुक्त

काठमाडौँ : सर्वाेच्च अदालतले गत जेठ २१ र जेठ २७ गते मन्त्रिपरिषद् विस्तार हुँदा थपिएका २० मन्त्री पद मुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ, लिलानाथ श्रेष्ठबाहेक सबै मन्त्री पदमुक्त भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)को ठाकुर समूह, नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका र नेकपा एमालेका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रिपरिषद् विस्तार भएपछि अधिवक्ता दिनेश त्रिपाठीले यसरी विस्तार भएको मन्त्रिपरिषद् असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरुको पदमुक्त गर्दै काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया