शेयर बजारमा उछाल

काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।
नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया