भारतले बंगलादेशमा रहेका आफ्ना नागरिकलाई भन्यो - आवासीय परिसरबाट बाहिर ननिस्कनू

काठमाडौँ - बं सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भएको थियो ।
बंगलादेशमा जारी विरोध प्रदर्शनलाई ध्यानमा राख्दै ढाकास्थित भारतीय उच्चायोगले त्यहाँ बस्ने भारतीय र भारतीय विद्यार्थीका लागि एक सूचना जारी गरेको छ ।
उच्चायोगले जारी गरेको एडभाइजरीमा भारतीयहरूलाई यात्रा नगर्न र आफ्नो आवासीय परिसरबाट कम्तीमा बाहिर ननिस्कन सल्लाह दिइएको छ।
आपतकालीन अवस्थामा उच्चायोग र सहायक उच्चायोगलाई सम्पर्क गर्न सल्लाह दिइएको छ।
उच्चायोगले यस सम्बन्धमा आपतकालीन नम्बरहरू जारी गरेको छ।
विगत केही दिनदेखि बंगलादेशका विश्वविद्यालयका विद्यार्थीहरूले १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन्।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई बंगलादेशमा ‘युद्ध नायक’ भनिन्छ। देशको एक तिहाइ सरकारी जागिर यी युद्ध वीरका सन्तानका लागि आरक्षित छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया