बागमती नदीमा बेपत्ता बालकको शव फेला

रौतहट- रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।
गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीका छोरा अन्दाजी वर्ष १० का सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।
पानीमा डुबेका अन्य दुई बालकहरू १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुशल उद्धार गरिएको हुमागाईं बताए । पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।
बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया