रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

काठमाडौँ- रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)-१२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, ८ वर्षीय धनसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् ।
त्यस्तै डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् भने १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सञ्चार शाखाले जनाएको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया