दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ- नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो ।
नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ ।
आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ ।
त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ९.९७ प्रतिशत र एनआईबिएल ग्रोथ फन्डको ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज जानकी फाइनान्सको सेयर मूल्य सबै भन्दा बढी नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख ७२ हजार ५८९ बराबरको कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया