फेरि मन्त्री बने शरतसिंह भण्डारी

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १३औं पटक मन्त्री बनेका छन् ।
भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।
२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला सुरु भएकोमा अहिले फेरि श्रममन्त्रीसम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिनाविभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, ऊर्जा जलस्रोत हुँदै श्रम मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुँदा अवसरबाट वञ्चित भएका हुँदैनन् । पंचायत बदलिएर प्रजातन्त्र आउँदा होस् वा गणतन्त्र आउँदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ कीर्तिमान छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया