मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

माछापोखरीमा डुबेर एकको मृत्यु

सांकेतिक फोटो

गोरखा - गोरखामा माछापोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

आज दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।