काठमाडौँका सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती, वडा भन्छ: छिट्टै बनाउँछौँ

काठमाडौँ– काठमाडौँमै समयमै सडक मर्मत नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । काठमाडौँ महानगरपालिकाको ३१ नम्बर वडामा पर्ने बानेश्वरको रत्न राज्य स्कूल अगाडिको सडक समयमै मर्मत नहुँदा स्थानीयले सास्ती ब्यहोरेका हुन् ।
स्थानीय रामशरण नेपालले वर्षाका कारण सडक हिलाम्मे भएको र खाल्डाखुल्डीमा पानी जम्दा समस्या भएको बताए । पानी परेको समयमा पैदल हिँड्नै सकिदैंन उनले भने घाम लाग्दा धुलो र छारोले त्यतिकै समस्या बनाएको छ । काठमाडौँकै सडकको हालत यस्तो भएको भन्दै उनले सरोकारवाला निकायले समयमै समस्या समाधान नगरेकोमा आक्रोश पोखे । 'सडक विभाग, काठमाडौँ महानगर यही नै छ', उनले भने 'तर विगत एक वर्षदेखि यहाँको सडकको हालत खराब अवस्थामा छ ।'
करिब ३०० मिटर सडक कालोपत्रे नहुँदा अहिले वर्षातका समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। स्थानीयले यो सडक निर्माणका लागि पटक-पटक वडा कार्यालयलाई गुहारेका छन् तर पनि सडक बन्न सकेको छैन ।
सडक नबन्दा दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। सडक किनारमा दैनिकजसो हिँड्ने सर्वसाधारण तथा स्कुल जाने बालबालिकालाई हिलो छ्यापिने, मोटरसाइकल पल्टिएर दुर्घटना हुने गरेको स्थानीयले बताए ।
वडाका वडा अध्यक्ष सरोज ढकालले सडक विभागको लापरबाहीका कारण सडक नबनेको बताए । सडक विभागले टेण्डर आव्हान गरेर बाटो कालोपत्रे गर्न जिम्मा दिएपनि कालोपत्रे हुन नसकेको उनले बताए । पुरानो टेण्डर खारेज भएकाले अब वडालेनै बाटो बनाउने उनले बताए ।
उनले वर्षा सकिएसँगै बाटो कालोपत्रे गरिने काम सुरु हुने जानकारी दिए । '३१ नम्बर वडामा सबै बाटो पिच भइसेकको छ' उनले भने 'त्यही एउटा बाटो बाँकी छ त्यो वर्षा लगतै नयाँ आर्थिक वर्षमा काम सुरु हुन्छ ।'

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

बाढीले पुल भासिँदा आवतजावत ठप्प

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गर…

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

प्रतिक्रिया