सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

हुम्ला- अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको हो ।
बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताए । 'सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्य चौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो,' संयोजक भण्डारीले भने । यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए ।

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

प्रतिक्रिया