अनियन्त्रित भएर खसेको थियो जिप, मृतक पाँच जनाको सनाखत (नामसहित)

बुटवल : गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इश्मा गाउँपालिका-४ हुलबाट तमघासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वडा नं ४ का ६५ वर्षका डम्मरबहादुर धिताल , ३३ का चिवबहादुर दर्लामी , ३० वर्षको वसन्त दर्लामी , ३३ वर्षको धनबहादुर अछामी, मालिका ५ का वर्ष ८० की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेहरुमा वडा नं ४ का १९ वर्षका फर्सुराम थापा , २८ वर्षकी सरस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई तम्घास ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि अनियन्त्रित भई चार सय मिटर तल खसेको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
र, यो पनि
- गुल्मीमा जिप दुर्घटना, घटनास्थलमै पाँचको मृत्यु

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया