कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भएपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए ।
महतले प्रधानमन्त्रीले सपथ लिने समयसम्म सबै मन्त्रीहरूको टुङ्गो लाग्ने बताए । पार्टीबाट मन्त्री चयनका लागि आन्तरिक छलफल भइरहेको उनको भनाइ छ ।
त्यस्तै बैठकले देशभर प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया