सर्पले डस्दा महिलाको मृत्यु

सिरहा- सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड

शिक्षाको अवस्था चिन्ताजनक छ : मुख्यमन्त्री सिंह

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

महोत्तरीमा स्थानीय तहको बेरुजु झण्डै नौ अर्ब नजिक

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

कलाकार झाकी श्रीमती सदा घरमै मृत फेला

प्रतिक्रिया