कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम बिहीबार दुई विधेयक प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया