जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ- जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरे ।
'नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान करिब ३ः३० बजे त्रिशूली नदीमा खस्दा ५० जनाभन्दा बढी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोसँगै डुबानमा परी भएको ठूलो जनधनप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,' विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी युद्धस्तरमा उद्धार गर्न तथा नेपाली नागरिकलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहतलाई थप सक्रियताका साथ अगाडि बढाउनसमेत जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया