राष्ट्र बैंकको पुनर्निर्मित भवन आज हस्तान्तरण हुँदै

काठमाडौँ - नेपाल राष्ट्र बैंकको पुनर्निर्मित भवनको आज हस्तान्तरण हुने भएको छ । २०७२ को भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माण भएर हस्तान्तरण हुन लागेको हो । हस्तान्तरण कार्यक्रम केही बेरमा सुरु हुनेछ ।
कार्यक्रममा गभर्नर महा प्रसाद अधिकारी, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, राष्ट्र बैंकका विरष्ट डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, आयोजना निर्देशक काेष नाथ अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, बैंकका निर्देशक केशव बहादुर केसीलगायत सहभागी हुनेछन् ।
भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल राष्ट्र बैंकको भवन वि.सं. १९८८ मा भीम शमशेरको पालामा बनेको थियो। त्यो बेलाको अर्थतन्त्रलाई व्यवस्थापन गर्न र दीर्घकालीन विकासलाई लक्षित गरी भवन बनाइएको थियो। सोही बैंकको भवन वि.सं. २०१३ वैशाख १४ गते उद्घाटन राजा महेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

प्रतिक्रिया