कांग्रेस-एमालेको मिलन अध्यारो कोठामा भयो- प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भएको बताएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अँध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साँच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफूले सुशासनका काम गर्न थालेपछि दुई ठूला दल मिलेको दाबी गरे ।
उनले भने- 'पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।'
उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्द्धन गरेको दाबी गरे ।
र, यो पनि
- ‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’
- संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री
- नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन र छैन- प्रधानमन्त्री
- राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

‘सुशासनका लागि स्थायी सरकार आवश्यक छ’

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिक्रिया