मौसम : पहाडमा हिमपात, तराइमा सडक र हवाइ प्रभावित हुन सक्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान अनुसार तराइमा वायुको पारदर्शतामा कमी भएर सडक र हवाइ यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ का उच्च पहाडी भागमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया