सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

पहिरोमा बेपता गणपति डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक

काठमाडौँ - काठमाडौंबाट गौरतर्फ जाने क्रममा आज बिहान पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रुमध्ये १४ जना यात्रुको नाम सार्वजनिक भएको छ।

काठमाडौंबाट गौर गइरहेको बागमती प्रदेश ०३ -००१ख २४९५ नम्बरको बसमा सवार ३१ जनामध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एक जना गरी तीन जना क्याबिनबाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले जानकारी दिए । 

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। आधिकारिक स्रोतका अनुसार काठमाडौंबाट गौरतर्फ जाने यात्रुहरूमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजीको नामले टिकट काटिएको छ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शम्भु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरूको नाम पनि उल्लेख छैन ।

आज बिहान  साढे तीन बजेतिर वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

र, यो पनि