यी ठाउँमा हुँदैछ अति भारी वर्षा

काठमाडौँ - देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि रातीदेखि नै पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारण देखि पूर्ण बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर साधारण देखि पूर्ण बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया